(१) नियम ८ को उपनियम (१) बमोजिमको व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि शिक्षा नियमावली, २०४९ मा व्यवस्था भए
बमोजिम हुनेछ ।
(२) नियम ८ को उपनियम (२) बमोजिम गठित व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि देहाय बमोजिम हुनेछः–
(क) व्यवस्थापन समितिको बैठक कम्तीमा दुई महिनाको एक पटक बस्नेछ ।
(ख) व्यवस्थापन समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(ग) व्यवस्थापन समितिको अध्यक्षको निर्देशानुसार सो समितिको सदस्य सचिवले बैठकमा छलफल हुने विषयको कार्यसूची
सहितको सूचना समितिका सबै सदस्यहरुलाई बैठक भन्दा सामान्यतयाः चौबिस घण्टा अगावै दिनु पर्नेछ ।
(घ) व्यवस्थापन समितिको बैठकको अध्यक्षता सो समितिको अध्यक्षले र निजको अनुपस्थितिमा समितिका सदस्यहरुले आफू मध्येबाट छानेको व्यक्तिले गर्नेछ ।
(ङ) व्यवस्थापन समितिमा कायम रहेको सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्यहरु उपस्थिति भएमा व्यवस्थापन समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(च) व्यवस्थापन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले
निर्णायक मत दिनेछ ।
(छ) व्यवस्थापन समितिको बैठकको निर्णय, सदस्य सचिवले प्रमाणित गरी राख्नेछ ।
(ज) व्यवस्थापन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि व्यवस्थापन समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।